फागुण १० काठमाण्डौँ । एमाले सांसद रघुजी पन्तले नेपालको राष्ट्रपति को हुने भनेर विदेशीको ट्वीटमा पढ्नु पर्ने हो ? भन्दै गंभीर प्रश्न उठाएका छन् । आज संसदमा बोल्दै पन्तले भारतीय विदेश सचिवको भेटवार्ताप्रति पनि आपत्ति जनाएका छन् ।
केही दिन अघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालका नेताहरु भेटेर फर्किएका थिए ।
त्यसपछि भारतीय प्रोफेसर एसडी मुनिले ट्वीटरमा संभावित राष्ट्रपति भन्दै दमननाथ ढुंगाना, लोकराज बराल, अनुराधा कोईराला र देवेन्द्रराज पाण्डेको नाम सार्वजनिक गरेका थिए ।
त्यसप्रति नेपालमा बिरोध भईरहेका बेला पन्तले संसदमा आक्रोश पोखेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline