राष्ट्रिय सहमतिमा महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन कांग्रेसलाई लोसपाको प्रस्ताव

राष्ट्रिय सहमतिमा महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन कांग्रेसलाई लोसपाको प्रस्ताव

  • बुधबार, फाल्गुन १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

फागुन १०, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न नेपाली कांग्रेससँग आग्रह गरेको छ ।
आज बिहान लोसपाका शीर्ष नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूलाई भेटेर राष्ट्रपतिमा लोसपाका अध्यक्ष ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल, अनिलकुमार झालगायत नेताहरूले आज बिहान धुम्बाराहीस्थित देउवा निवासमा पुगेर राष्ट्रिय सहमतिका लागि ठाकुर सबैभन्दा उपयुक्त पात्र हुने प्रस्ताव गरेका हुन् ।

लोसपा नेता सर्वेन्द्रनाथ शुक्लले भेटमा कांग्रेस सभापति देउवाले त्यसबारे पार्टीले अहिलेसम्म कुनै पनि निर्णय नलिएको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति गर्ने विषयमा समेत छलफल गर्ने आश्वासन दिएको बताए ।

नेता अनिलकुमार झाले राष्ट्रपतिको निर्वाचनका विविध पक्षहरूमाथि छलफल भएको बताए ।
लोसपाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समेत नेता ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन आग्रह गरेका थिए ।

यसअघि ११ पुसमा बनेको एमाले–माओवादीसहितको सात दलीय गठबन्धनमा एमालेबाट राष्ट्रपति बनाउने सहमति थियो । तर, अहिले माओवादीले त्यसबेलाको सहमतिविपरीत राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव अघि सारेपछि गठबन्धनमा चिसो पसेको छ । माओवादीले अप्रत्यक्षरुपमा एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग नजिकिन खोजेपछि एमाले अध्यक्ष ओलीले नै लोसपा अध्यक्ष ठाकुरलाई राष्ट्रिय सहमति गरेर राष्ट्रपति बनाउने प्रस्ताव अघि सारेका थिए ।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले भने राष्ट्रपतिको निर्वाचनमा आफैँले उम्मेदवारी दिने भन्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ