सार्वजनिक भयो राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली

सार्वजनिक भयो राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली

  • बुधबार, फाल्गुन १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

फागुन १०, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आज राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्‌को तर्फबाट ३३४ मतदाताको नामावली सार्वजनिक गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उक्त नामावलीमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीको नाम भने समावेश गरिएको छैन । सरकारले गत शुक्रबार राष्ट्रपतिमार्फत सांसद चौधरीलाई आममाफी दिएपनि सो बारेमा आधिकारिक जानकारी आइनसकेकाले उनको नाम नराखिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जनाए ।
चौधरीले आफ्नो दाबी‚ विरोध प्रस्तुत गरेमा उनको नाम समावेश गर्न सकिने प्रवक्ता पौडेलले जानकारी दिए ।

आगजनी मुद्दामा २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीले चौधरीलगायत अभियुक्तहरूलाई ६र६ महिना कैद सजाय सुनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ