राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै, को को हुन्छन् मतदाता ?

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै, को को हुन्छन् मतदाता ?

  • बुधबार, फाल्गुन १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

फागुण १० काठमाण्डौँ । राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदैछ । निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार कायम रहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि मतदाता टुंग्याएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले सोमबार मतदाता नामावली प्रकाशन गर्दै छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । आयोगले संघीय संसद् र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको हो । नामावली प्रकाशनपछि दाबी–विरोध गर्ने तथा नाम सच्याउन दुई दिनको समय दिइनेछ । १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले बताए ।

०७८ को जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले ०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय आयोगले गरेको छ । संघीय संसद्का तीन सय ३४ र प्रदेश सभाका पाँच सय ५० गरी कुल आठ सय ८४ मतदाता छन् । ०६८ को गणनाअनुसार संघको एक सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।

संघीय संसद्अन्तर्गत दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा अहिले दुई सय ७३ सदस्य कायम छन् । राष्ट्रिय सभाका सबै ५९ सदस्य नै कायम भएकाले संघीय संसद्का कुल मतदाता तीन सय ३२ छन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिदै जादा दलहरुबीच खिचातानी बढ्दो रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ