राष्ट्रपति चुनावबारे निर्णय गर्न राप्रपाद्धारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

राष्ट्रपति चुनावबारे निर्णय गर्न राप्रपाद्धारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

  • मङ्लबार, फाल्गुन ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

फागुन ९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैंठक आह्वान गरेको छ ।
बैंठकले राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा निर्णय गर्नेछ । राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा पार्टीले अहिलेसम्म ठोस निर्णय गरेको छैन । तर राप्रपाका केहि नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

उपप्रधानमन्त्रीसहित सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सहभागी छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठक राष्ट्रपति मनोनयनको एक दिन अघि शुक्रबार मध्यान्ह साढे १२ बजे बस्ने तय भएको हो । कार्यसम्पादन समिति बैठकपछि आज राष्ट्रपति निर्वाचनमा के गर्ने भन्ने विषयमा निर्क्यौल हुनेछ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिका विषयमा छलफल गर्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको बताए ।
राप्रपाले आफ्नो उम्मेदवार राष्ट्रपतिमा नउठाउने तर कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा सोही दिन छलफल हुने उनले बताए ।
राष्ट्रपतिको निर्वाचनमा एमालेले उठाएको उम्मेदवारलाई समर्थन गर्ने कि कांग्रेसले उठाएको उम्मेदवारलाई भन्ने निर्क्यौल पनि कार्यसम्पादन समितिले नै लगाउने राप्रपाका नेताहरूले बताएका छन् । उनीहरूका अनुसार राष्ट्रपति उम्मेदवारीको मात्रै नभई राष्ट्रपति चयन भएपछिको राजनीतिक परिस्थितिको आकलन गरेर रणनीति तय गरिनेछ ।

राप्रपाका केही पदाधिकारी र सांसदहरूले नै राष्ट्रपति निर्वाचन बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् । राप्रपा वरिष्ठ उपाध्यक्ष तामाङले राष्ट्रपति चुनावमा भाग लिने र नलिने भन्ने विवाद उठेमा आवश्यक परे मतविभाजनबाट निर्णय लिइने बताए ।

राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने भएको छ ।

राप्रपासमेत सहभागी सत्तारुढ गठबन्धन गत पुस १० मा बनेको थियो । प्रधानमन्त्रीलाई कांग्रेसले पुस २६ मा विश्वासको मत दिएपछि परिस्थिति फेरिएकाले राष्ट्रपतिमा राष्ट्रिय समझदारी गर्नुपर्ने दाहालले धारणा राख्दै आएका छन् । कांग्रेस र एमालेले राष्ट्रपति उम्मेदवार उठाएको अवस्थामा माओवादी निर्णयाक हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ