राष्ट्रपति निर्वाचनः अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यालय स्थापना, शनिबार उम्मेदवारी दर्ता

राष्ट्रपति निर्वाचनः अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यालय स्थापना, शनिबार उम्मेदवारी दर्ता

  • मङ्लबार, फाल्गुन ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

फागुन ९, काठमाडौँ । राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको निर्वाचन आयोगले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई निर्वाचन अधिकृत तोकिएको छ ।

आयोगले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सोमबार टुंग्याएको छ । संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जना मतदाता रहेको प्रमुख आयुक्त दिनेश थपलियाले बताए । प्रतिनिधिसभाका २ सय ७५ सांसद हुनुपर्नेमा चितवन–२ रिक्त छ । मनाङ–१ बाट निर्वाचित टेकबहादुर गुरुङ र कैलाली–२ बाट निर्वाचित अरुणकुमार चौधरी निलम्बनमा छन् । निर्वाचनअघि नै प्रतिनिधिसभा नियमावली पारित भए महोत्तरी–१ बाट निर्वाचित भएर फरार रहेका लक्ष्मी चौधरी कोइरी पनि निलम्बनमा पर्नेछन् । राष्ट्रिय सभामा ५९ जना छन् ।

प्रदेशसभाका सदस्यको ४८ र संघीय संसद् सदस्यको ७९ मतभार हुन्छ । संघीय संसद्का ३ सय ३१ जनाको मतभार २६ हजार १ सय ४९ मतभार हुन्छ । प्रदेशसभाका ५ सय ५० सदस्यको मतभार २६ हजार ४ सय रहेको छ । आयोगले टुंग्याएको अन्तिम मतदाता नामावली निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गर्नेछ ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्ममा मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसमा फागुन ११ सम्म दाबी विरोधको उजुरी दिन सकिनेछ । दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ । उजुरीमाथिको छानबिन गरी फागुन १२ मा अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन कार्यक्रम छ । १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । निर्वाचन २५ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा संघीय सांसदका लागि एउटा र प्रदेशसभा सदस्यका लागि अर्को मतदान केन्द्र रहनेछ । प्रदेशसभा र संघीय संसद्को मतभार फरक भएकाले दुई वटा केन्द्र कायम गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । मतदान सकिएको चार घण्टाभित्र मत परिणाम आइसक्ने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ