एमालेसँगको सत्तासाझेदारीको परिस्थिति बदलिएको माओवादीको निश्कर्ष, स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने

एमालेसँगको सत्तासाझेदारीको परिस्थिति बदलिएको माओवादीको निश्कर्ष, स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने

  • सोमवार, फाल्गुन ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

फाल्गुन ८, काठमाडौँ । माओवादीको पदाधिकारी बैठकले आफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको छ ।

सोमबार साँझ बसेको बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य गर्ने निष्कर्ष निस्केको जानकारी दिए । पुस १० मा एमालेसँग भएको सत्तासाझेदारीको परिस्थिति बदलिएको माओवादीको निश्कर्ष छ ।

‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन् । यी स्वार्थमा जोसँग मिल्छ त्यससँग सहकार्य हुन्छु हामीले राष्ट्रिय सहमति भनेका छौं । त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ’ महराले भने ।
उनले बैठकमा एउटा मात्र एजेण्डामा छलफल भएको बताए । अध्यक्ष दाहालले अहिलेसम्म दलहरुसँग भएका वार्ताको ब्रिफिङ गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ