फागुण ८ काठमाण्डौँ । काँग्रेस सभापति शेर बहादुर देउवाले पाँचै वर्ष प्रधानमन्त्री बन्न प्रचण्डलाई अफर दिएका छन् ।
आइतबार बेलुका प्रधानमन्त्री निवासमा रामचन्द्र पौडेल सहितका नेताहरुलाई लिएर पुगेका देउवाले पाँचै वष प्रधानमन्त्री दिन प्रचण्डसँग लिखित सहमति गर्न तयार रहेको समेत जनाएका थिए । पुरानै पाँच दलीय गठबन्धन ब्युताउन उनले प्रस्ताव गरेका हुन् ।
यसो गर्दा स्थीर सरकार पनि बन्छ, लोकतन्त्र र संविधानको रक्षा पनि हुन्छ, देउवाले भनेको स्रोतले बताएको छ ।
प्रचण्डले यो प्रस्तावका विषयमा पार्टीमा छलफल गर्ने आस्वासन दिएका थिए । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति हुन निरन्तर लागिरहेका छन् ।
यस अघि पौडेललाई राष्ट्रपति बनाउन र आफूलाई आधा कार्यकाल शुरुमै प्रधानमन्त्री दिन देउवाले अस्वीकार गर्दा यो गठबन्धन टुटेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline