सत्ताधारी गठबन्धनको भविष्य छैन, एक हप्ता भित्रै टुंगो लाग्छ : माधव नेपाल

सत्ताधारी गठबन्धनको भविष्य छैन, एक हप्ता भित्रै टुंगो लाग्छ : माधव नेपाल

  • आइतवार, फाल्गुन ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

फागुण ७ काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठबन्धनको भविष्य अनिश्चित रहेको भन्दै एक हप्ता भित्रै भत्किने दावी गरेका छन् ।

पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

अबको एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने अध्यक्ष नेपालले दाबी गरे। गठबन्धनमा संविधानविरोधी पक्षपातीसम्म सबै खाले शक्तिहरू रहेको भन्दै लामो समय नटिक्ने नेपाललको तर्क छ।

‘कुन दिन त्यो गठबन्धन भत्किने हो? ठेगान छैन। त्यो गठबन्धनको सरकार भत्केपछि अनि काँग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता सूरु भइसकेको छ। ढोक्सा थाप्ने भनेको त्यही हो,’ नेपालले भने, मुलुकको राजनीतिले कुन कोर्स लिने होरु राष्ट्रपतिको चुनावबाट थाहा भईहाल्छ।’

‘अहिले गठबन्धनमा राजतन्त्रलाई फेरी ल्याउनुपर्छ भन्ने तत्वहरु पनि छन प्रतिगामीहरु। संघीयता विरोधीहरु पनि छन। अनि त्यहाँ बामपन्थीहरु पनि छन। संविधान विरोधीहरु पनि छन्’, उनले थपे, ‘संविधानका रक्षकहरु पनि छन्। यो भन्दा पहिलाको गठबन्धन कस्तो थियोरु काँग्रेस थियो संविधानको पक्षमा उभिने। वामपन्थीहरु थिए। गणतन्त्रको पक्षमा उभिने।’

कांग्रेसले सबै पद आफैंले लिनुपर्ने भन्ने प्रवृत्ति देखाउँदा तत्कालिन गठबन्धन भत्किएको हो। नेपालले भने ।

नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले,’ उनले भने, ‘पहिले त केके न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए। अदालतले मुद्दा लगायो। पदबाट हटे। त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ