एमालेमा बसेर राजतन्त्रको वकालत गरेको भन्दै दुर्गा प्रसाईलाई कार्बाहीको सिफारिस

एमालेमा बसेर राजतन्त्रको वकालत गरेको भन्दै दुर्गा प्रसाईलाई कार्बाहीको सिफारिस

  • शनिबार, फाल्गुन ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

फागुण ६ काठमाण्डौँ । एमाले भित्र बसेर राजतन्त्रको वकालत गरेको भन्दै विवादमा परेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कार्बाही गर्न एमाले प्रदेश १ कमिटिले सिफारिस गरेको छ ।

शुक्रबार बसेको एमाले प्रदेश कमिटीको बैठकले मेडिकल व्यवसायी रहेका प्रसाईंले पार्टीको नीति, सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकाल्न केन्द्रसँग माग गरेको हो।

एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गरेका थिए। कार्यक्रममा पूर्वराजा शाह पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए। कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए।

त्यसयता प्रसाईं विवादमा परेका हुन्।

राजाको पक्षमा खुलेर उभिएका प्रसाईलाई एमाले अध्यक्ष केपी ओलीले कुनै प्रतिकृया दिएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ