फागुण ५ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डको बोल्ड निर्णयका आधारमा सरकारले अबदेखि पुष २७ को पृथ्वी जयन्ती र फागुण १ को जनयुद्ध दिवसको सार्वजनिक विदा क्यालेन्डरमै प्रकाशित गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिइन् ।
यस अघि दुई पटक प्रधानमन्त्री हुँदा पनि प्रचण्डले जनयुद्ध दिवसमा सार्वजनिक विदा घोषणा गर्न सकेका थिएनन् ।
यसै गरी गणतन्त्र स्थापना पछि पृथ्वी जयन्तीको विदा कटौती गरिएको थियो । त्यो पुनः शुरु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline