ल्होत्से भवनमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा नयाँबसपार्क क्षेत्रबाट ४ जना पक्राउ

ल्होत्से भवनमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा नयाँबसपार्क क्षेत्रबाट ४ जना पक्राउ

  • मङ्लबार, फाल्गुन २, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

फागुन २, काठमाडौँ । काठमाडौं नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् । सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा तोडफोड र लुटपाट भएको थियो ।

जरिवानाबापतको रकम घटाउनु पर्ने र पाँच पटक ट्राफिक कारबाहीमा परे सवारी चालक अनुमति पत्र रद्द हुनसक्ने प्रावधान खारेजीको मागसहित सार्वजनिक यातायात क्षेत्रका मजदुरले गरेको विरोध प्रदर्शन भड्किएपछि सोहि मौका छोपेर लुटपाट मच्याएका थिए ।

लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले नयाँबसपार्क क्षेत्रबाट ४ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा अरु मानिस पनि संलग्न हुनसक्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

लुटपाट आशंकामा केही मानिस पक्राउ परेको र उनीहरुमाथि सुक्ष्म अनुसन्धान भइरहेको काठमाडौं प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अंगुर जिसीले बताए । घटनास्थलमा रहेका सीसीटीभी फुटेजको अध्ययन अनि प्रत्यक्षदर्शीसँग सोधपुछ जारी रहेकोले अरु मानिसको पनि संलग्नता हुनसक्ने भएर पक्राउ परेका मानिस सार्वजनिक नगरिएको उनले बताए ।

प्रदर्शनका क्रममा हिंसा भड्काएर लुटपाट र आगजनीमा संलग्नको खोजीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी र महाराजगञ्ज प्रहरीको टोली खटिएको छ । प्रहरीले घटनास्थलका सीसीटीभीका फुटेजहरू पनि संकलन गरिसकेको छ । सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीका भनाइ, प्रहरीसँग आएका अन्य तथ्य र प्रमाणका आधारमा अपराधमा संलग्नको खोजीकार्य जारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए ।

पक्राउ परेका मानिसमाथि सोधपुछ भइरहेकाले उनीहरूलाई सार्वजनिक नगरिएको एसएसपी केसीको भनाइ छ । घटनाको भोलीपल्ट मंगलबार गृहसचिव विनोदप्रकाश सिंहले काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दिवेश लोहनीलाई बोलाएर घटनाबारे जानकारी लिनुका साथै लुटपाटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

यातायात मजदुरका संगठनका प्रतिनिधिले भने उक्त लुटपाटमा ल्होत्से कै व्यात्तिहरुको संलग्नता रहेको बताएका छन् । मंगलबार बिहान भौतिक योजना तथा यातायात मन्त्रालयमा उपप्रधान तथा विभागीय मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितीमा बसेको बैठकमा मजदुरहरुले ल्होत्सेले नै गुन्डा पालेको र सोमवारको आन्दोलनमा पनि उनीहरुले नै मजदुरमाथि कुटपिट गर्नुका साथै आन्दोलन भड्काएको, लुटपाटमा पनि उनीहरुकै संलग्नता रहेको बताएका थिए । कोहि यातायात मजदुरको नै संलग्नता रहेको पाईए कानुनी कार्वाहिमा सहयोग गर्ने बताएका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठले लुटपाटमा संलग्न जो सुकै भए पनि तत्काल नियन्त्रणमा लिएर कार्वाहि गर्न निर्देशन दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ