राष्ट्रियतालाई लत्याएर एमाले सत्ता स्वार्थमा लाग्दैनः अध्यक्ष ओली

राष्ट्रियतालाई लत्याएर एमाले सत्ता स्वार्थमा लाग्दैनः अध्यक्ष ओली

  • मङ्लबार, फाल्गुन २, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

फागुन २, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित र राष्ट्रिय गौरवमा आँच आउने गरी एमाले सत्ता स्वार्थमा नलाग्ने बताएका छन् ।
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले लिएको त्यो नीतिलाई अनेरास्ववियुले काँध थाप्न सक्नुपर्ने बताए ।

‘हामी यो देशका सन्तति हौं, हामीले नै मातृभूमिको रक्षा गर्ने हो । मातृभूमिको स्वाधीनता बचाएर राख्ने हो र त्यस्तो भूमिका निभाउने राष्ट्रिय गौरव र स्वाभिमानको संक्षिप्त नाम नै एमाले हो, एमालेमात्रै त्यसको प्रतिनिधि हो,’ ओलीले भने, ‘हामी सत्ता स्वार्थका लागि राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वतन्त्रताजस्ता महत्वपूर्ण विषयहरूलाई लत्याएर कुनै स्वार्थमा लाग्न सक्दैनौं ।’

अनेरास्ववियुमा पदाधिकारीका आकांक्षीहरूप्रति व्यंग्य गर्दै ओलीले भने, ‘यहाँ कोही अध्यक्ष भएका, कोही अध्यक्ष हुन नपाएका साथीहरू देख्दैछु । तर सबैलाई अध्यक्ष हुन मिल्दो रहेनछ । २३ औं अधिवेशन हुँदासम्म हामीसँग अलिकतिमात्रै अध्यक्ष हुनुहुन्छ । म पनि अध्यक्ष बनेको थिइनँ, मैले पदाधिकारी बन्न पनि पाइनँ,अनेरास्ववियु उद्देश्य बोक्ने संस्था हो, महत्वाकांक्षा बोक्ने संस्था होइन । देशको समृद्धिको उद्देश्य बोक्ने हो ।’

अध्यक्ष ओलीले विद्यार्थी आन्दोलन विद्रोहीमात्रै नभएर सचेत आन्दोलनकारी हुनुपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ