जनयुद्ध माओवादीको मात्रै नभएर राष्ट्रकै सम्पत्ति होः प्रधानमन्त्री प्रचण्ड

जनयुद्ध माओवादीको मात्रै नभएर राष्ट्रकै सम्पत्ति होः प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, फाल्गुन १, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

फागुन १, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध माओवादीको मात्रै नभएर नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् । वैधानिक तवरले जनयुद्धलाई स्थापित गर्न ढिलै भए पनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए।

२८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूहरूलाई असफल हुने कुनै छुट नभएको पनि बताए ।

अर्थतन्त्र र राजनीतिको गम्भीर चुनौतीको वर्तमान अवस्थामा आफूले सरकारको नेतृत्व लिएको भन्दै आफूहरूलाई असफल हुने कुनै छुट नभएको उनले बताए ।

उनले सामाजिक न्यायको क्षेत्रमा सुशासनका क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नै पर्ने उल्लेख गरे । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि कैयौं कोणबाट प्रश्न उठाउने कोसिस भइरहेका भन्दै उनले परिवर्तनको औचित्य सिद्ध गर्नका लागि दृढताका साथ अगाडि बढ्नुको कुनै विकल्प नरहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी आन्दोलनका विभिन्न धारलाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गरे ।

आफैंले पनि धेरै समूहको नेतृत्वसँग पनि पार्टी एकताका लागि विभिन्न छलफल चलाएको उल्लेख गर्दै उनले छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ