नेपाल भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक काठमाडौंमा सुरु

नेपाल भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक काठमाडौंमा सुरु

  • सोमवार, फाल्गुन १, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

फागुन १, काठमाडौँ । नेपाल भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक काठमाडौंमा सुरू भएको छ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच होटल याक एन्ड यति बैठक बसेको हो ।

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आइपुगेका हुन् । आएलगत्तै संयन्त्रको बैठक बसेको हो । क्वात्रालाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । बैठकमा पौड्याल र क्वात्राले नेतृत्व गरेको दुई मुलुकको टोलीहरुले सहभागी छन् ।

क्वात्रा र परराष्ट्र सचिव भरतराज पौड्यालबीच दुई मुलुकका विभिन्न आयाममाथि छलफल हुने बताइएको छ । दुई मुलुकबीच प्रशासनिक तहको सबैभन्दा उच्च संयन्त्रको बैठकपछि विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै, क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । नेपालका लागि पूर्वभारतीय राजदूतसमेत रहेका क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरका विश्वास पात्र हुन् । उनले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो समेत दिने उच्च स्रोतले बताएको छ । क्वात्रा मंगलबार फर्कने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ