फागुण १ काठमाण्डौँ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सोमबार बिहान आएका हुन् आजै याक एन्ड यति होटलमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक हुँदैछ । त्यसमा क्वात्रा सहभागी हुनेछन् ।
क्वात्रा र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा रहेको टोलीले उक्त संयन्त्रको बैठक गर्नेछ ।
दुई मुलुकबीच प्रशासनिक तहको सबैभन्दा उच्च संयन्त्रको बैठकपछि विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
यस भ्रमणका बेला क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको औपचारीक निम्तो दिन सक्ने बताईएको छ ।