फागुण १ काठमाण्डौँ । तात्कालिन नेकपा माओवादीको नेतृत्वमा नेपालमा जनयुद्ध थालिएको आज २८ वर्ष पूरा भएको छ । २०५२ साल फागुण १ गते आजकै दिन माओवादीले सिन्धुली, रुकुम र रोल्पाका प्रहरी चौकीमा आक्रमण गरी युद्ध थालेको थियो ।
यस युद्धका क्रममा १७ हजार मानिसको ज्यान गएको थियो भने संयौ अझै वेपत्ता छन् । हजारौँ घाईते अपांग छन् ।
यस जनयुद्धको बलमा देशबाट राजतन्त्रको अन्त्य भयो भने अहिले समानुपातिक, समावेशी जस्ता मुद्धा सहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।
२०६३ सालमा शान्ति सम्झौता सम्पन्न भएपछि माओवादी वर्तमान राजनीतिक प्रणालीमा सहभागी हुँदै आएको छ । त्यस यता माओवादीले हाल सम्म चार पटक सरकारको नेतृत्व गरीसकेको छ ।
जनयुद्ध र अहिलेको परिवर्तनको मुख्य शक्ति माओवादी आन्तरीक विभाजन आदि कारणले शान्तिपूर्ण प्रतिस्पर्धामा भने निरन्तर कमजोर बन्दै गईरहेको छ ।
जनयुद्ध दिवसको अवसरमा पहिलो पटक सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।