सुदुरपश्चिमका मुख्यमन्त्री शाहीले आज शपथ लिँदै

सुदुरपश्चिमका मुख्यमन्त्री शाहीले आज शपथ लिँदै

  • शुक्रबार, माघ २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

२७ माघ, धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने छन् ।

नवनियुक्त मुख्यमन्त्रीसँगको परामर्शपछि समय निर्धारण गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री शाहीले मन्त्रीपरिषद् विस्तार पनि गर्ने योजना बनाएका छन् ।

२९ दिनमै एमालेका राजेन्द्र रावल विस्वासको मत पाउन नसकेपछि राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि संसदको ठूलो दलको हैसियतमा काँग्रेसले सरकारको नेतृत्व पाएको हो ।

नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनामा दोषी ठहरिएर जेलमा रहेका रेशम चौधरीको रिहाईको शर्त राख्दै विस्वासको मत नदिए पछि रावल सरकार ढलेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ