माघ २६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएको र जनता भन्दा सर्वोपरी कोही नभएकाले संविधान ईमान्दारपूर्वक कार्यन्वयन गर्नु पर्ने बताएका छन् ।
नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको ‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार’ विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
जनताले ७० वर्ष लामो बलिदान र संघर्षबाट प्राप्त उपलव्धिको रक्षा गर्न संविधान कार्यन्वयनको विकल्प नभएकोमा उनले जोड दिए ।
‘संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउनु पर्ने र त्यस क्रममा संविधानमा कुनै त्रुटी छ भने सच्याउन सकिने प्रधानमन्त्रीले बताए ।
सिस्टम जति राम्रो भए पनि जनताले स्वीकारेनन् भने त्यो समस्या हुन्छ । जनता नै निर्णायक हुन्,’ उनले भने।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायत अन्य दलका नेताहरुको पनि उपस्थित भएका थिए ।