सुदुरपश्चिम सरकारको संकट अझै टरेन, नाउपा रेशम चौधरीको रिहाईका लागि दबाब दिँदै

सुदुरपश्चिम सरकारको संकट अझै टरेन, नाउपा रेशम चौधरीको रिहाईका लागि दबाब दिँदै

  • बिहिबार, माघ २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

माघ २६ काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक ४ घण्टा पछि सरेको छ । नाउपाले ठोस निर्णय नगर्दा सरकारको संकट अझै टरेको छैन । निर्णायक नाउपाले रेशम चौधरीको रिहाईको माग गर्दै विस्वासको मत दिन आनाकानी गर्दा सरकार संकटमा परेको हो ।

मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिनपनि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति जुट्न नसकेपछि दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ५ बजे बस्ने बस्नेगरि सारिएको हो ।

मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नसक्ने अवस्था आएपछि बुधबार बस्दै नबसी प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

विश्वासको मतको लागि निर्णायक नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद केही दिनअघिदेखि काठमाडौंमा वार्ता र छलफल गरिरहेका छन् ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका उनीहरूले बिहीबार बिहान पनि छलफल गरेका थिए ।

सदुरपश्चिम प्रदेशमा सत्तागठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरीलगायत टीकापुर घटनामा जोडिएकाहरूलाई रिहाइ गर्नुपर्नेलगायत माग राख्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ