उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

  • सोमवार, माघ २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

माघ २३ काठमाण्डौँ । माओवादी नेतृ उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । उनको हिजो एकल उम्मेद्धारी दर्ता भएपछि स्वतः निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभामा एमालेको समर्थन अर्याललाई थियो भने काँग्रेसले पनि राष्टपतिको चुनावलाई लक्षित गरेर माओवादी उम्मेद्धार बिरुद्ध प्रतिद्धन्दी खडा नगर्दा अर्याल स्वतः निर्वाचित हुन पुगेकी हुन् ।

उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा राष्ट्रिय सभाले आज गर्नेछ ।

अर्याल ६३ सालमा एमालेबाट समाज कल्याण मन्त्री भएकी थिईन् । त्यसपछि माओवादीमा लागेकी थिईन् । उनी केही समय अघि राष्ट्रिय सभामा निर्वाचित भएकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ