काँग्रेसबाट देशको विकास हुँदैन, प्रचण्ड सरकार समृद्धिका लागि लागिपरेको छ : ओली

काँग्रेसबाट देशको विकास हुँदैन, प्रचण्ड सरकार समृद्धिका लागि लागिपरेको छ : ओली

  • आइतवार, माघ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

माघ २२ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसबाट देशको विकास नहुने दावी गरेका छन् ।

आज संसदको बैठकमा बिषेश समय लिएर बोल्दै ओलीले काँग्रेस पटक पटक सत्तामा बस्यो तर कहिले पनि विकासबारे सोँचेन, देखेन र पढेन उनले भने ।

अहिले प्रचण्ड नेतृत्वको सरकार देशलाई समृद्ध बनाउन लागि परेको ओलीले दावी गरे । यही सरकारले राष्ट्रलाई समृद्धि दिने र सुसासनको काम गर्ने भन्दै यसलाई तलमाथि गर्न नहुने उनले बताए ।

उनले राम्रो काम गर्ने अर्को वैकल्पिक शक्ति पनि नभएकाले वर्तमान सरकार तलमाथि गर्न नहुने स्पष्ट पारे ।

सरकार हेरफेर गर्ने खेलमा नलाग्न ओलीले काँग्रेसलाई चेतावनी समेत दिएका छन् ।

नेपाली काँग्रेस अहिले सत्ता बाहिर हुँदा पानी विनाको माछा जस्तै छट्पटाईरहेको उनले जिकिर गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ