दुई दिनको अल्टिमेटम सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त बैठक

दुई दिनको अल्टिमेटम सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त बैठक

  • शनिबार, माघ २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संयुक्त बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको दुई दिनको अल्टिमेटम सकिएपछि रास्वपाले आकस्मिक बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय समिति र संसदीय दलको संयुक्तरूपमा बस्ने रास्वपाका सांसद अशोक चौधरीले बताए। समसमायिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

गृह मन्त्रालय नपाउने भए सरकार छाड्ने संकेत गरेको रास्वपाले शुक्रबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग दुई घन्टा बढी छलफल गरेका थिए। सत्ता गठबन्धनभित्र कसरी बलियो भएर प्रस्तुत हुने विषयमा छलफल भए पनि गृह मन्त्रालय नपाए के गर्ने विषयमा उनीहरूबीच छलफल भएको स्रोतले बतायो।

प्रधानमन्त्री प्रचण्ड भने गृहबाहेक अन्य मन्त्रालय दिन राजी रहेको बताइएको छ। शनिबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तैखाले प्रस्ताव गरेको सहभागी एक नेताले बताए।

प्रधानमन्त्रीबाट आएको प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने वा सरकारबाट बाहिरिने भन्ने विषयमा छलफल हुदैँछ । रास्वपाले आजको बैठकबाट गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ