नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर कस्तो सुशासन ल्याउन खोजिएको हो ?: नेता रावल

नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर कस्तो सुशासन ल्याउन खोजिएको हो ?: नेता रावल

  • शनिबार, माघ २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौं, २१ माघ । नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारमा विपरित सिद्धान्त भएका र मुलुकको परिवर्तनलाई उल्टाउन खोज्नेहरु एकैठाँउमा हुनु राष्ट्रिय राजनीतिको विडम्वना भएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित रतन भण्डारीको पुस्तक ’द्वारिकादेवी ठकुरानीः नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक बिमोचन कार्यक्रममा रावलले विपरित सिद्धान्त भएका दलहरू मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको विडम्वना भएको बताए ।

उनले राष्ट्रिय राजनीतिलाई सिद्धान्त विपरित अघि बढाउन खोज्ने बिषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड कसैले पनि जवाफ दिन नसकेको जिकिर गरे।

रावलले विपरित सिद्धान्त भएका दल मिलेर लोकप्रिय मत मागेको कहीँ पनि नदेखिएको उल्लेख गरे निजी विद्यालय सञ्चालकलाई शिक्षामन्त्री, नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर मुलुकमा सुशासन ल्याउन खोजिएको हो ? भन्दै उनले प्रश्न गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ