माघ २१ काठमाण्डौँ । माओवादी केन्द्रले राष्टपतिमा सकेसम्म राष्ट्रिय सहमतिका लागि सबै दलसँग परामर्श गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी समितिको बैठकले सके सम्म राष्ट्रिय सहमतिको लागि सबै दलसँग छलफल गर्ने नभए बिचार, उदेश्य मिल्ने दलसँग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
यसै गरी बैठकले सबै नेताहरु दुई महिना जनतासँग जोडिएर अभियानमा जाने र दुई महिना पछि त्यसको रिपोर्ट केन्द्रमा पेश गर्नु पर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
उनले एमालेलाई नचिढ्याईकन राष्ट्रिय सहमति खोज्न चाहेको पनि बताए ।
आज गृहमन्त्रीको विषयमा भने छलफल नभएको पौडेलले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline