एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक शुरु, माधव नेपालले पेश गरे प्रतिवेदन

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक शुरु, माधव नेपालले पेश गरे प्रतिवेदन

  • शनिबार, माघ २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौं माघ २१ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बालकुमारीमा शुरु भएको बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यसै गरी सांगठनिक प्रतिवेदन महासचिव डा. बेदुराम भुषालले पेश गरेका छन् ।

दुवै प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने छन् । अध्यक्ष र महासचिवको प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माण लगायतका विषय समेटिएको छ। यी विषयमा केन्द्रीय सदस्यको थप राय र सुझावले प्रतिवेदनलाई थप परिमार्जित बनाउने बताइएको छ।

बैठकमा सचिव रामकुमारी झाँक्री भने अनुपस्थित भएकी छन् ।

त्यस्तै बैठकमा सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ। बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ। सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ