कतारमा रहेका एक नेपालीले दुवईमा जिते ८२ करोडको चिट्ठा

कतारमा रहेका एक नेपालीले दुवईमा जिते ८२ करोडको चिट्ठा

  • शनिबार, माघ २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

माघ २१ काठमाण्डौँ । कतारमा रहेका नेपाली रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम करीब ८२ करोडको चिटठा जित्न सफल भएका छन् ।

सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट गत जनवरी १६ मा खरिद गरेका थिए।

‘म अत्यन्तै खुसी भएको छु। मै जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु’, उनले भने।

पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए। आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनको योजना छ।

‘यो कार्यक्रममार्फत नगद, सुन र ड्रीम कार पुरस्कार जित्ने मेरो प्रयास जारी राख्नेछु’, उनले भने।

ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए। दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका थिए। यस्तै सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका थिए।

मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्यशाली विजेताले १ करोड ५० लाख दिराम पाउँनेछन्। दोस्रो पुरस्कार १० लाख दिराम, तेस्रो पुरस्कार १ लाख दिराम र चौथो पुरस्कार ५० हजार दिराम छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी