मलेशिया कामदार लैजान अरु देश भन्दा नेपालको प्रकृया झञ्झटिलो छ : ईस्माईल

मलेशिया कामदार लैजान अरु देश भन्दा नेपालको प्रकृया झञ्झटिलो छ : ईस्माईल

  • शुक्रबार, माघ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

माघ २० काठमाण्डौँ । नेपाली श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भएको मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले धारणा राखेका छन् ।

रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भएको भेटवार्तामा गृहमन्त्री सैफुद्दिनले अन्य देशको तुलनामा नेपालबाट श्रमिक लैजाने प्रक्रिया झन्झटिलो रहेको सुझाएका हुन् ।

मन्त्री अर्यालले यसविषयमा आफूहरुले पनि सोचिरहेको र परिमार्जन गरेर जतिसक्दो छिटो पठाउने गरी प्रक्रिया मिलाउने बताए ।

नेपालबाट श्रमिक लैजान मागपत्र दूतावासमा प्रमाणिकरण गराउनुपर्छ। त्यसपछि पुनः स्वीकृति लिएर श्रमिक छनौटको प्रक्रिया अगाडी बढाउने व्यवस्था छ। त्यसका लागि ७ दिने सूचना पनि प्रकाशित गर्नुपर्ने व्यवस्था छ।

स्वास्थ्य परीक्षण लगायतका सबै प्रक्रिया पूरा गरेपछि अन्तिम स्वीकृति लिनुपर्छ।

नेपालका सरकारी निकायले भटाभट काम गरे पनि डेढ महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए।

नेपाल र मलेसियाबीच भएको दुई पक्षीय श्रम सम्झौता अक्टोबरमा सकिँदैछ। त्यसको नविकरण गर्दा समय सापक्ष बनाउने सहमति भएको छ।

गृहमन्त्री सैफुद्दिनले मलेसियाले २०२४ भित्रमा ५ लाख श्रमिक लैजाने लक्ष्य रहेको बताएका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी