केपी ओलीको बालहठले देश चल्दैन, काँग्रेसकै राष्ट्रपति हुन्छ : ज्ञानेन्द्र कार्की

केपी ओलीको बालहठले देश चल्दैन, काँग्रेसकै राष्ट्रपति हुन्छ : ज्ञानेन्द्र कार्की

  • शुक्रबार, माघ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

माघ २० सुनसरी । नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र कार्कीले केपी ओलीको बालहठले देश नचल्ने दावी गरेका छन् । सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमती हुन्छ भनेर बालहठ देखाएको जिकीर गर्दै त्यसले मुलुकलाई अघि बढाउन नसक्ने बताए।

कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दावी गरेका छन्।

नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्विकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको तर्क समेत गरे ।

त्यो व्यक्तित्व नेपाली कांग्रेस भित्रनै छ भन्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु। त्यही कारणले हामीले प्रतिनिधिसभाको बैठकमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै गर्दाखेरी हामीले विश्वासको मत दिएका हौं। म यहाँबाट भन्न चाहन्छु–नेपाली कांग्रेस पार्टी नेपालको राजनीतिको केन्द्रविन्दुमा छ। नेपाली कांग्रेस पार्टीले सत्ता खोजेर हिँडनु पर्दैन। नेपाली काँग्रेस पार्टीको अगाडि सत्ता आउनु पर्दछ, आउँछ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ