माघ २० काठमाण्डौँ । भारतीय राजदुतले जनकपुर पुगेर मधेशवादी राजनीतिक दलका नेताहरुसँग छलफल गरेका छन् ।
भारतको चाहना विपरीत एमाले माओवादी गठबन्धन बनेको भन्ने चर्चाका बीच भारतले आफ्नो सक्रियता बढाएको छ ।
यो क्रममा उनले जनकपुरमै रहेर मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पनि भेटेका छन्।
राजदूतले जनकपुरस्थित एक होटलमा रहेर मधेशकेन्द्रितदेखि ठूला दलका नेतालाई पनि भेटेका छन्।
राजदू श्रीवास्तावले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग अलग्गै संवाद गरेका छन्।
त्यसैगरी उनले केन्द्र सरकारमा असन्तुष्टि जनाइरहेको जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता महेश यादवसँग पनि वार्ता गरेका छन्।
लोकतान्त्रिक समाजवादीका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसँग वार्ता गरेका उनले त्यही पार्टीका मधेश प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलसँग पनि वार्ता गरेका छन्।
आगामी फागुन २५ गते हुने भनिएको राष्ट्रपति निर्वाचनसम्म एमाले–माओवादीसहितको सात दलीय गठबन्धन नरहने चर्चाबीच मधेशवादी दलहरुसँग भारतीय राजदूतको संवादलाई अर्थपूर्ण मानिएको छ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका छन्।
यो भेटले आगामी राष्ट्रपतिको निर्वाचन, गठबन्धनको खटपटि आदि विषयमा भारतीय चासोलाई संकेत गरेको छ ।