काठमाडौँ माघ १९ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहान ११ बजे बस्ने भनिएको बैठक दिँउसोलाई सारिएको छ ।
आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो ।
कार्यविभाजनसँगै बैठकमा समसामयिक गृहमन्त्रालय र राष्ट्रपतिको निर्वाचनका बिषयमा छलफल हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline