‘यो मुर्दा संसद् हो, जनप्रतिनिधि भन्न पनि मलाई लज्जाबोध भयो’: सांसद राजकिशोर यादव

‘यो मुर्दा संसद् हो, जनप्रतिनिधि भन्न पनि मलाई लज्जाबोध भयो’: सांसद राजकिशोर यादव

  • बुधबार, माघ १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

१८ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले विगत केहीसातादेखि मुलुकमा घटेका घटनाका कारण आफूलाई जनप्रतिनिधि भन्नपनि लज्जाबोध भएको बताएका छन् ।
आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले आत्मदाह गरेका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको बारेमा संसदमा आवाज नउठ्नु दुःखदायी भएको उल्लेख गरे ।

यादवले भने,‘आज हामी यो सदनमा बहस गरिरहेका छौँ, यही सदनअगाडि एकजना युवाले यो देशमा गरिखान पाइएन भनेर प्रेम आचार्यले आत्मदाह गरे । आज मैले सोचेको थिएँ यो सदनभित्र एउटा विशेष प्रस्ताव आउला कि के कारणले प्रेम आचार्यले के कति कारणले प्रेम आचार्यले आत्मदाह गर्न बाध्य भए ? त्यसको बारेमा चर्चा होला तर आज यो सदन मुर्दाको रुपमा स्थापित भएको छ । प्रेम आचार्यको बारेमा कसैलाई चिन्ता भएन, चासो भएन । हामीचाँही अर्कै गाथा, अर्कै गीत गाइरहेका छौँ ।’

उनले सप्तरी निवासी सामाजिक रुपमा पिँधमा रहेको दलितको पनि महादलित रामदेव मरिक छोराको बिहेमा लिएको ऋण तिर्न नसक्दा आफ्नो इज्जत जोगाउनका लागि आत्महत्या गरेको बताउँदै संसदमा सांसदहरुले ठुला ठुला गफ दिने गरेको बताए । उनले भने,‘ हामी रामदेव मरिकको बारेमा चर्चा गर्दैनौँ । हामीमा त्यो संवेदनशीलता, हामीमा त्यो जिम्मेवारी देखिएन ।’

उनले सरकार, सदन र व्यवस्थाले आफ्नो ज्यान बचाउन सकेपनि नाक बचाउन गाह्रो रहेको टिप्पणी गरे ।

उनले सर्वोच्चको फैसलाले पूर्वमन्त्री रवि लामिछाने १ दिनका लागि अनागरिक बनेपनि पुरै देशका लाखौँ नेपाली नागरिकता पाउनका लागि योग्य हुँदाहुँदै सरकारको निर्णयहीनताको कारणले गर्दा उनीहरू अनागरिक, राज्यविहीन भएर बस्नुपर्ने बाध्यतामा रहेको टिप्पणी गरे । यादवले कसका कारणले उनीहरू अनागरिक हुन पुगे भन्दै सरकारलाई प्रश्न समेत गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ