माघ १८ काठमाण्डौँ । आगामी फागुण २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको कुरा प्रधानमन्त्रीले अगाडी बढाएपछि एमाले झस्किएको छ । शुरुमा प्रधानमन्त्री माओवादीले लिने र राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको थियो ।
तर पछि काँग्रेसले समेत विस्वासको मत दिएकाले उसलाई पनि सहमतिमा ल्याउन राष्ट्रपति र सभामुख मध्य एक दिने प्रधानमन्त्रीको चाहना थियो । तर एमालेले नमानेका कारण सभामुख एमालेका देवराज घिमिरे निर्वाचित भए ।
अब राष्ट्रपतिमा पनि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको कुरा निरन्तर जारी राखेपछि शंसयमा परेको एमालेले प्रधानमन्त्रीलाई निरन्तर दबाब दिईरहेको छ ।
आज पनि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । भेटमा राष्ट्रपतिको निर्वाचन र गृहमन्त्रालयकै विषयमा उनीहरुबीच छलफल भएको थियो । आजै प्रधानमन्त्रीले राप्रपाका अध्यक्ष एवं उर्जामन्त्री राजेन्द्र लिङदेनसँग प्रधानमन्त्रीले छलफल गरेका थिए ।