माओवादी स्थायी समितिको बैठक फेरी स्थगित, भोलि बस्ने

माओवादी स्थायी समितिको बैठक फेरी स्थगित, भोलि बस्ने

  • बुधबार, माघ १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

काठमाडौं माघ १८ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ । यस अघि स्थगित गरेर आजका लागि बोलाईएको बैठक आज पनि सारिएको हो ।

माओवादीले गृह मन्त्रालय आफैंसँग राख्ने अडान लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ ।

एमालेले पनि पूर्व सहमति अनुसार रास्वपालाई नै गृह मन्त्रालय दिनुपर्ने दबाव दिईरहेको छ ।

माओवादीले प्रतिनिधि सभाको बैठक पनि परेको र तयारी पनि नपुगेकाले बैठक स्थगित गरिएको जनाएको छ ।

माओवादीले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो ।

यस्तै जारी पदाधिकारी बैठक पनि बुधबार नबस्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ