आजको युग डिजिटल युग बन्यो : प्रधानमन्त्री

आजको युग डिजिटल युग बन्यो : प्रधानमन्त्री

  • मङ्लबार, माघ १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

माघ १७ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले आजको युग डिजिटल एराको रुपमा संश्लेषण गर्न सकिने बताएका छन्।

आज नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवको विशेष समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले चौंथो औद्योगिक क्रान्तिले सम्पूर्ण विश्व एवं मानव जातिको चिन्तन,जीवन र क्रियाकलापमा गुणात्मक बदलाव ल्याइदिएको बताए ।

“विश्वमा यस्तो कुनै क्षेत्र, विषय र मुद्दा छैन,जुन सूचना–प्रविधिको पहुँचभन्दा पृथक होस् । डिजिटल प्रविधिको विकासले सामाजिक उत्पादन पद्धतिमा नै गुणात्मक परिवर्तन ल्याइदिएको छ ।” प्रधानमन्त्रीले भने ।

विज्ञान प्रविधि र मुख्यतः सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके मात्रै राष्ट्रको गुरूत्तर कार्यभार पूरा हुने उनको भनाइ छ।

यस्तै प्रधानमन्त्री प्रचण्डले सरकार सामाजिक न्याय,सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी