माघ १६ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आजको गणतन्त्र शहीदहरुको बलिदानीबाट प्राप्त उपलव्धि भएको बताएका छन् ।
आज लैनचौर स्थित शहीद पार्कमा शहीदहरुलाई श्रदाञ्जली दिँदै प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरूको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् ।
उनले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए । उनले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने बताए ।
शहीदहरुको शालिकमा माल्यार्पण गरेर श्रदाञ्जली दिएपछि प्रधानमन्त्रीले संवोधन गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline