काठमाडौँ माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा दुई नेताबीच सघन छलफल चलिरहेको छ । सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैरनागरिक ठहर गरेछि गृहमन्त्री पद रिक्त छ ।
यस्तै बैठकमा फागुन २८ भित्र हुने राष्ट्रपति निर्वाचनका सन्दर्भमा पनि छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पक्षमा उभिएका छन् भने एमालेले आफ्नै पार्टीको उम्मेद्धार राष्ट्रपतिमा निर्वाचित हुनु पर्ने अडान राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline