राष्ट्रपतिको निर्वाचनको मिति तत्काल घोषणा गर्न काँग्रेस उपसभापति खड्काको माग

राष्ट्रपतिको निर्वाचनको मिति तत्काल घोषणा गर्न काँग्रेस उपसभापति खड्काको माग

  • आइतवार, माघ १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौं माघ १५ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्। उपसभापति खड्काले निर्वाचन आयोगले फागुन २८ अघि हुने गरी निर्वाचन मिति घोषणा गर्नुपर्ने बताएका हुन्।

उनले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नुपर्ने बताएका छन्। ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ ट्वीटमार्फत उनले भनेका छन्, ‘यसतर्फ बेलैमा ध्यान जाओस्।’

कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने निर्णय गरेको छ।

प्रचण्डले दाबी पेश गर्नु अगाडि बालकोटमा भएको सहमति अनुसार राष्ट्रपति एमालेको भागमा रहेको छ। तर शुक्रबार बसेको माओवादीको स्थायी समिति बैठकमा राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डमाथि ‘दबाब’ पनि बढाएका छन्। माओवादीले राष्ट्रपति निर्वाचनलाई एजेन्डा बनाएर छलफल गरिरहेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ