रविको नागरिकता प्रकरणः देशमा कानुनी राज्य भएको बलियो प्रमाण हो : शेखर कोईराला

रविको नागरिकता प्रकरणः देशमा कानुनी राज्य भएको बलियो प्रमाण हो : शेखर कोईराला

  • शनिबार, माघ १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

माघ १४ विराटनगर । रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भन्ने बलियो प्रमाण दिएको काँग्रेस नेता डा. शेखर कोईरालाले बताएका छन् ।

आज बिराटनगरमा प्रेस युनियन प्रदेश १ को अधिवेशनको उद्घाटन गर्दै कोईरालाले आफू गृहमन्त्री भएकाले लामिछानेले आफ्ना पक्षमा सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरे पनि त्यसलाई चिर्दै अदालतले सही न्याय सम्पादन गरेको बताए ।

लुकबाट न्याय मरिसकेको भनेर न्यायलयप्रतिको घट्दो विश्वासलाई शुक्रबार सर्वोच्च अदालतले गरेको फैसलाले विश्वासको सञ्चारमा मद्दत पुगेको नेता कोइरालाको भनाइ छ।

अर्को एक प्रंसगमा नेता कोइरालाले कांग्रेस ठूलो पार्टी भएकाले अहिले प्रमुख प्रतिपक्ष भए पनि कुनै पनि बेला सरकारको नेतृत्व गर्न सक्ने दाबी गरे।

उनले आगामी राष्ट्रपतिको चुनावमा कांग्रेसले उम्मेदवारी दिने बताएका छन्। पार्टीभित्र उम्मेदवारका विषयमा छलफल चलिरहेको र नाम टुंगो नलागे पनि उम्मेदवारी दिनेमा भने कांग्रेस प्रस्ट रहेको उनको भनाइ छ।

उनले फागुण २८ भित्र राष्ट्रपतिको निर्वाचन हुनु पर्ने डा. कोईरालाको माग छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ