माघ १३ काठमाण्डौँ । रवि लामिछानेले नेपाली नागरिकताको दुरुपयोग गरेको राहदानीको दुरुपयोग गरेको मुद्धामा सर्वोच्चमा बहस सकिएको छ । यो मुद्धामा निवेदक र प्रतिवादीको तर्फबाट बहस सकिएकाले अब फैसला आउन मात्र बाँकी छ ।
अन्तिम बहसमा भाग लिँदै बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रवि लामिछानेले राज्यलाई पटक पटक ढाँट्ने र छल्ने काम गरेको पाईएको भन्दै उनको बिरुद्ध आदेश जारी हुनु पर्ने माग गरेका छन् ।
कानुन सबैका लागि बराबर भएकाले लामिछानेले उन्मुक्ति पाउने अवस्था छैन, भण्डारीले भने ।
यदी लामिछानेले बिशेष छुट पाए भने त्यसले न्याय प्रणालीमै समस्या उत्पन्न गर्न सक्ने भण्डारीले चुनौती दिए ।
लामिछाने बिरुद्ध बहस गरेका पाँच जना अधिवक्ताहरुले लामिछानेलाई फौजदारी कसुरमा समेत मुद्धा अघि बढाउनु पर्ने माग गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline