माघ १२ काठमाण्डौँ । संसदमा ऐतिहासिक विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री एंवं माओवादी अध्यक्ष प्रचण्डले पार्टी मार्फत राष्ट्रपतिको उम्मेद्धार साझा हुनु पर्ने र सबै दलले स्वीकार्ने खालको हुनु पर्ने निर्णय गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी समिति बैठकले राष्ट्रपति पदमा सबै दललाई स्वीकार हुने साझा व्यक्तित्व अघि सार्नुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि बोल्दै एकजना स्थायी समिति सदस्य देवेन्द्र पौडेलले राष्ट्रपति पद साझा भएकाले यसबारे सबै दलबीच गम्भीर छलफल हुनुपर्ने बताए।
उनले आफूहरु सहमतिकै व्यक्ति खोज्ने पक्षमा रहेको बताए ।
माओवादीले राष्ट्रपतिमा काँग्रेसलाई दिने आशय राखे पनि एमालेसँग गठबन्धन रहेको र एमालेले अडान कायम राखेकाले सहमति हुन नसकेका बेला नयाँ धारणा ल्याएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline