माघ १२ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच वालुवाटारमा छलफल भएको छ ।
उनीहरुबीच आगामी राष्ट्रपतिको निर्वाचन केन्द्रीत भएर छलफल भएको हो ।
सात दलबीच राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भए पनि कांग्रेसको पनि विश्वासको मत पाएपछि प्रधानमन्त्रीले यसबारे सहमति गरेर अघि बढ्न सकिने बताएका छन्।
कांग्रेसले यसअघि नै राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ। उसले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला मध्य एक जनालाई अघि सार्ने तयारी गरेको छ ।
एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्ष सुवास नेम्वाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितको नाम चर्चामा छ।
प्रधानमन्त्रीमा विस्वासको मत दिएकाले काँग्रेसलाई समेत सहमतिमा ल्याउन सभामुख र राष्ट्रपति मध्य एक पद दिने मनशाय राखे पनि एमालेले बिरोध गरेका कारण सभामुख दिन सफल भएका थिएनन् ।