कर्णालीमा मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

कर्णालीमा मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

  • बुधबार, माघ ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

कर्णाली, ११ माघ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । मुख्यमन्त्री शर्माले आज थप चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । उहाँले पुस २८ गते विना विभागीमन्त्रीका रुपमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)बाट मङ्गलबहादुर शाही र नेकपा (एमाले)बाट विनोदकुमार शाहलाई नियुक्त गरी तीन सदस्य मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

सोही गठित मन्त्रिपरिषद्लाई नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा ९ बमोजिम हेरफेर गरी आज सत्ता साझेदार दल माओवादीबाट भीमप्रकाश शर्मा, कृष्णबहादुर जिसी र एमालेबाट टेकराज पछाई, जीतबहादुर मल्ललाई उहाँले मन्त्रीमा नियुक्ति गर्नुका साथै कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हुन प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गर्नुभयो ।

उक्त सिफारिसपश्चात् नवनियुक्त मन्त्रीहरूलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले आज साँझ ६ः३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । उहाँले नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेलगत्तै उहाँहरूले आजै पदभार ग्रहण गर्नुभएको छ ।

बिनाविभागीय तथा आज नियुक्त भएका मन्त्रीहरूमा विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना, मङ्गलबहादुर शाहीले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत, भीमप्रकाश शर्माले भूमि व्यवस्था, कृषि तथा सहकारी, कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा कानुन, टेकराज पछाईले सामाजिक विकास र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ