माघ ११ काठमाण्डौँ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रवि लामिछानेले विदेशी नागरिकता बोकेर नेपालमा शासन गरिरहेको तर्क पेश गरेका छन् ।
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइका क्रममा रिट निवेदकहरुको तर्फबाट बहस गर्दै उनले नागरिकता स्वतः कायम हुने भए राज्यका निकाय किन चाहियो त ?भन्दै म नेपाली हुँ मेरो नशाामा नेपाली रगत छ, आमाबुवा नेपाली हुन् भन्दैमा प्रक्रिया पुग्यो त ? उनले प्रश्न गरेका छन् ।
उनले नागरिकताको समाप्ति दुई पक्षको निर्णयबाट मात्रै सम्भव हुने पनि तर्क राखे।
उनले भने, तर नागरिकता प्राप्त गर्नका लागि व्यक्तिको भूमिका मात्रै पर्याप्त हुन सक्दैन। राज्यले दिनुपर्छ, त्यसका लागि औपचारिक निर्णय हुन्छ ।
राज्यको निर्णयबिना नागरिकता प्राप्त हुन सक्दैनु, उनले भने, विदेशी नागरिकता लिइसकेकाबाट नेपालीलाई शासन गर्न पाइँदैन, नेपाली नागरिक हुनै पर्छ।
उनले रविले नेपाली नागरिकता पुनर्प्राप्तिका लागि निवेदन लिएर जानै पर्ने बताए ।
रविको मुद्धामा आज अन्तिम सुनुवाई शुरु भएको हो । त्यसक्रममा निवेदकको तर्फबाट बहस सकिएको छ ।