माघ ११, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको बारेमा सोचे त्यसको फाइदा वामपन्थीले लिन्छन् भन्ने पीर नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई हुने गरेको टिप्पणी गरेका छन् ।
कांग्रेसभित्र देशका विषयमा कुरा नै नउठाइने भन्दै ओलीले देश विकास, संक्रमणकालीन न्यायलाई कसरी टुंगोमा पु¥याउने भन्नेलगायत विषयमा कांग्रेसको महाधिवेशनमा कुरा नउठाइएको बताए ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले भने, “कांग्रेसमा त छलफल नै भएन । केही कुरा उठेन । खाली पदाधिकारी छान्ने,” ओलीले भने ।
कांग्रेसले नीति महाधिवेशनमा जान नचाहेको ओलीले बताए । कांग्रेसमा आफूलाई सचेत भन्ने वर्गले समेत आफ्नो विचार प्रकट गर्न नसक्ने जिकिर उनले गरे ।
कांग्रेसको नेतृत्वमा सरकार हुँदा विकास नहुने भन्दै अध्यक्ष ओलीले कांग्रेसले आफू सरकारमा हुनु नै विकास ठान्ने गरेको पनि बताए ।
ओलीले भने, “उसको एउटै मात्र सूत्र छ, आफू सरकारमा हुुनुपर्छ । त्यही हो लोकतन्त्र, त्यही हो विकास,।”