रवि लामिछानेको नागरिकता विवादः सर्वोच्चले के गर्ला ?

रवि लामिछानेको नागरिकता विवादः सर्वोच्चले के गर्ला ?

  • बुधबार, माघ ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

माघ ११ काठमाण्डौँ । १२ बर्र्ष अमेरीका बसेर त्यहीको नागरिकता लिएर पासपोर्ट समेत बोकेर नेपाल फर्किएका रवि लामिछानेले नेपाली नागरिकता लिने प्रकृया शुरु नगरी पुरानै नागरिकता प्रयोग गरेको भन्दै परेको रिटमा आज अन्तिम सुनुवाई सर्वोच्चमा हुँदैछ ।

रविले शक्ति र पँहुचको दुरुपयोग गर्दै अमेरीकी नागरिकता र पासपोर्ट त्याग नगरी नेपाली नागरिकताका आधारमा अमेरीकाबाट नेपाल फर्कनासाथ दुई साता भित्रै पासपोर्ट लिएको पुष्टी भएको छ ।

अमेरिकी पासपोर्ट बोकेर सन् २०१५ मा नेपाल आएको १६औं दिनमा उनले नेपालको पनि पासपोर्ट लिएका थिए । तर अमेरिकी पासपोर्ट भने उनले सन् २०१८ मा मात्र त्यागेका हुन् ।

उनले स्वतः रद्ध भएको नेपाली नागरिकताको गैर कानुनी प्रयोग गर्दै पासपोर्ट लिएको देखिएको छ ।

दुई नागरिकता र पासपोर्ट हुँदा हुँदै पर्यटक भिसामा नेपालमा रहेका बेला टेलिभिजन कार्यक्रम चलाउने क्रममा विवादमा परेपछि हतार हतार उनले अमेरीकी नागरिकता त्यागेको निवेदन बुझाएका थिए ।

चर्को स्टन्ट र प्रचारवाजीका कारण चुनाव समेत जितेर पुष १६ मा गृहमन्त्री लामिछाने आफै भएपछि उनी बिरुद्ध नागरिकता मुद्धामा प्रहरीले शुरु गरेको अनुसन्धान समेत अधुरै रहेको छ । उनै गृहका कमाण्डर भएपछि प्रहरीले अनुसन्धान पुरा नगरी प्रतिवेदन दिएको छ ।

विगततको नजिर हेर्ने हो भने रविको स्वतः रद्ध भएको नागरिकता प्रयोग गरेर चुनाव लड्न र सार्वजनिक पदमा बस्न पाउने छैनन् । सिन्धुपालचोकका एक कानुन व्यवशायीको मुद्धामा बेलायती नागरिकता लिएपछि उनको नागरिकता स्वतः रद्ध भएको फैसला गरिएको थियो ।

कानुनतः रविले नयाँ नागरिकता प्राप्तिको प्रकृया पुरा गर्नु पर्ने हुन्छ , त्यसो नगरेको हुनाले उनको पुरानो नागरिकता रद्ध हुने फैसला सर्वोच्चले गर्नेछ । त्यसो भएमा लामिछानेको मन्त्री र सांसद दुबै पद स्वतः खारेज हुनेछ ।

तर शक्तिमा रहेकै कारण नयाँ नजिर बनाएर उनको पुरानो नागरिकता यथावत रहेको फैसला भएमा यसले नयाँ नजिर मात्रै हैन दुरगामी असर र प्रभाव पार्ने जोखिम पनि छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ