माघ १० काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तह केन्द्र सरकारको ईकाई नभएको स्पष्ट पारेका छन् ।
आज राष्ट्रिय सभालाई संवोधन गर्दै प्रदेश र स्थानीय सरकारको स्वायत्त र स्वतन्त्र अधिकार पनि रहेको प्रधानमन्त्रीले स्पष्ट पारे ।
उनले प्रदेश र स्थानीय सरकारका अधिकार केन्द्रमा ल्याउने प्रयास भए स्थिति कुनै दिन डरलाग्दो हुनसक्ने चेतावनी दिए ।
उनले शक्ति र साधनको समुचित बाँडफाँड र समुचित प्रतिनिधित्व प्रणाली अपनाइएको भन्दै प्रदेश र स्थानीय तहको अधिकार पनि संविधानमै स्पष्ट गरिएकाले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नभएको बताए ।
संघीयता ईमान्दारीपूर्वक तल सम्म कार्यन्वयन हुने स्थिति नबन्नु दुखदः भएको भन्दै यसको लागि प्रयास जारी रहेको प्रधानमन्त्रीले स्पष्ट पारे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline