काँग्रेसले राष्ट्रपतिमा उम्मेद्धारी दिने, सबै दलको सहयोगका लागि पहल गर्ने

काँग्रेसले राष्ट्रपतिमा उम्मेद्धारी दिने, सबै दलको सहयोगका लागि पहल गर्ने

  • सोमवार, माघ ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ माघ ९ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको हो ।

यस अघि सभामुख र उपसभामुखमा पनि काँग्रेसले उम्मेद्धारी दिएको थियो ।

कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता ढा. प्रकाशशरण महतले जानकारी दिए ।

साथै राष्ट्रपतिमा समर्थन जुटाउन सबै दलसँग पहलका लागि छलफल र वार्ता गर्ने पनि काँग्रेसले निर्णय गरेको छ ।

यस अघि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर काँग्रेसले राष्ट्रपति र सभामुख मध्य एक पदमा सहयोगको आशा राखेको थियो । प्रधानमन्त्री प्रचण्ड पनि काँग्रेसलाई समेत साथमा लिन राष्ट्रपति र सभामुख मध्य एउटा पद दिने मनशायमा रहे पनि एमालेको असहमतिका कारण सफल हुन सकेका छैनन् ।

राष्ट्रपतिमा साझा व्यक्तिव्य वा काँग्रेसका लागि दिन प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहे पनि गठबन्धन भित्र सहमति हुने संभावना छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी