माओवादी र एकीकृत समाजवादीबीच पनि पार्टी एकता वार्ता शुरु

माओवादी र एकीकृत समाजवादीबीच पनि पार्टी एकता वार्ता शुरु

  • आइतवार, माघ ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

माघ ९ काठमाण्डौँ । सत्तारुढ माओवादी केन्द्रले अन्य पार्टीहरुसँग एकताको प्रकृया तीव्र पारेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीसँग एकता गर्ने सहमति गरेर अघि बढेको माओवादीले एकीकृत समाजवादीसँग पनि वार्ता थालेको छ ।

पेरिसडाँडामा माओवादी र समाजवादीको वार्ता समितिबीच पहिलो औपचारीक वार्ता भएको छ ।

कृष्ण बहादुर महराको नेतृत्वमा रहेको माओवादी वार्ता समिति र डा. बेदुराम भुषालको नेतृत्वमा रहेको समाजवादीको वार्ता समितिबीच पार्टी एकता, भावी राजनीतिक यात्रा एवं पार्टीको नाम र कार्यदिशाको बिषयमा छलफल भएको हो ।

माओवादीले अन्य प्रगतिशील समाजवादी शक्तिहरुलाई लिएर नयाँ पार्टी निर्माणको योजना अघि बढाए अनुसार वार्ता तीव्र बनेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ