माघ ८ काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको बताएका छन् ।
संस्थापनइतर पक्षका नेताहरूसँगको बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिनु गल्ती भएको बताएका छन् ।
पार्टीको बहुमतले निर्णय गरेपछि आफूहरु अप्ठेरोमा परेको कोईरालाको भनाई छ ।
निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेस केन्द्रदेखि प्रदेशसम्म विपक्षमा पुगेको, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको लगायतका विषयमा कोइराला समूह संस्थापनसँग असन्तुष्ट छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline